राजनीति


‘रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ’

‘रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ’

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १३:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बनमा परेका रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबारको शून्य समयमा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सभामुख देवराज घिमिरेलाई लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका हुन्। 

उनले सरकारले मात्रै नभई संसद्‌ले पनि लामिछानेमाथि प्रतिशोध साँधेको आरोप लगाए। 

'रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्यो साँध्यो सार्वभौम संसद्ले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ,' उनले भने, 'एउटा व्यक्ति जो चौँथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ। झुठा मुद्दा लगाएर फकाउने सरकारको रवैयालाई जनताले बुझिसकेका छन्।'

उनले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बनमा नपर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न पनि माग गरे। 

उनले थपे, 'थुनामा नरहेको अवस्थामा सासद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न माग गर्दछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad