विभिन्न्न पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्र प्रवेश गरेकालाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको छ।
केहीदिन अघि चितवन लगायतका जिल्लाबाट माओवादीमा प्रवेश गरेकाहरूलाई जिम्मेवारी दिइएको महासचिव देव गुरूङले पठाएको परिपत्रमा उल्लेख गरिएको छ।
जसअनुसार, पार्टी एकता प्रक्रियाबाट जोडिएका कृष्णराज न्यौपाने ‘लब्ली’ (चितवन), बद्री तिमिल्सिना (चितवन) र खगेन्द्र छन्त्याल (बाग्लुङ)लाई वैकल्पिक केन्द्रीय सदस्य तथा अरुणपीडित भण्डारी (चितवन)लाई केन्द्रीय आयोगमा जिम्मा दिने निर्णय गरिएको छ।
पार्टीमा निस्क्रिय रहेको भन्दै गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल र दिलमायाँ रोकालाई पदमुक्त गरेको माओवादीले जनाएको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेको भन्दै केशव कुँवरलाई समेत माओवादीले वैकल्पिक केन्द्रीय सदस्यबाट बर्खास्त गरेको छ।
यसअघि पुस १८, १९ र २१ गते बसेको स्थायी समिति बैठकले पनि पार्टी एकता प्रक्रियाबाट समायोजित भएको भन्दै भक्तबहादुर अधिकारी (कञ्चनपुर) र जयराज पाण्डेय (कञ्चनपुर)लाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो।
यस्तै, लोकबन्धु कन्दङ्वा (झापा), राम परियार (रुपन्देही), होमप्रसाद शर्मा (दाङ), भक्तराज थापा र बिन्दाकुमारी मगर (रामेछाप), कुमार योञ्जन (काठमाडौँ), देवेन्द्र पाण्डे (रुपन्देही), शुभाष पाण्डे–विश्वदीप (रूपन्देही) लाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको छ।
यसैगरी, प्रेम न्यौपाने (नवलपुर) र छत्र बहादुर कार्की (ओखलढुंगा) लाई केन्द्रीय निर्वाचन आयोगको सदस्यमा मनोनयन गरेको थियो।
Shares

प्रतिक्रिया