राजनीति


एमाले मोरङको अधिवेशनमा ९१४ प्रतिनिधि

एमाले मोरङको अधिवेशनमा ९१४ प्रतिनिधि

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १८:२५, विराटनगर

नेकपा एमाले मोरङको दशाै जिल्ला अधिवेशनको तयारी पुरा भएको जनाएको छ।  यही फाल्गुण १७, १८ र १९ गते हुने अधिवेशनको  प्रधानमन्त्री एवम् नेकपा (एमाले)  अध्यक्ष  केपी शर्मा ओलीले उ‌द्घाटन गर्ने जनाएको हो। 

एमाले पार्टी कार्यालय पाञ्चालीमा पत्रकार सम्मेलन गर्दै एमाले मोरङले  १५९ वटा वडाबाट प्रतिनिधि छनौट सकिएको र तयारी भइरहेको जनाएको हो। 

नेकपा एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीले १५९ वडाबाट ६९२ जना, २३ वटा जनसंठन १०१ जना, विशेष क्षेत्रबाट २४ जना प्रतिनिधि छनौट भएको उनले जानकारी दिए। दलितबाट ५१ जना, मनोनीत ४६ जना गरी ९१४ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने अध्यक्ष कार्कीले जानकारी दिए।

१६५ जिल्ला कमिटी  निर्वाचित हुने गरी सर्वसम्मत नेतृत्व चयन गर्ने गरीकाे तयारी भइरहेको कार्कीले बताए। नेकपा एमालेले अधिवेशनको उ‌द्घाटन फागुन १७ गते गर्ने र १८ गते बिहानदेखि राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदन र मोरङको समृद्धिका लागि दिग्दर्शन उपर छलफल गरी पारित गरिने जनाइएको छ। 

फागुन १८ गते १ बजेदेखि निर्वाचन आयोगको कार्य तालिका अनुसार निर्वाचन कार्य सञ्चालन गरिने एमालेले जनाएको छ। यज्ञ शर्माको संयोजकत्वमा रुपेश खतिवडा, केदार कार्की, कञ्चनकला वर्मा, डिल्ली कर्ण प्रसाईँ रहेको पाँच सदस्यीय माइन्यूट कमिटी गठन गरिएको  छ।

कार्यक्रम सफलताका लागि गठित प्रतिनिधि व्यवस्थापन, खाद्य तथा आवास, स्वयंसेवक परिचालन, मञ्च व्यवस्थापन, अतिथि सत्कार, प्रचारलगायत विभिन्न उप-समितिले आ-आफ्‌नो कार्यसम्पादन गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। मोरङमा १८ हजार सात सय १० जना पार्टी सदस्य रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad