नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई बदल्न विद्रोह जरुरी रहेको बताएका छन्। सोमबार काठमाडौँमा‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले अनुशासित विद्रोहको प्रतिनिधि पात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका हुन्।
उनले प्रधानमन्त्री ओली आन्दोलनभित्र फरक मत लिएर लामो समय रहेको भए पनि पार्टीका सीमाहरूलाई कहिल्यै उल्लंघन नगरेको पात्राका रुपमा चित्रण गरे।
‘समाजलाई बदल्नु छ भने विद्रोह त गर्नैपर्छ। तर अनुशासित विद्रोहको प्रतिनिधि पात्र हो भन्ने म ठान्दछु। लामो समय उहाँ आन्दोलनभित्र फरक मतमा रहनुभयो तर पार्टीका सीमाहरूलाई कहिल्यै उल्लंघन गर्नुभएन। त्यही भएर उहाँ अहिले पार्टीको शीर्ष स्थानमा हुनुहुन्छ,' उनले भने, 'दिशा बदल्न चाहनेहरू, विद्रोह गर्न चाहनेहरूले सिक्नैपर्ने पाठ भनेको उल्लंघन गर्नु हुँदैन। सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हाँसिल हुनसक्छ। सीमालाई उल्लंघन गर्नेहरू असफल भएर जान्छन् भन्नेकुरा केपी ओलीको जीवन संघर्षबाट सिक्नुपर्ने पाठ हो।’
Shares

प्रतिक्रिया