राजनीति


बाबुरामको टिप्पणी : कम्युनिस्ट नाम राख्न लाज लागेर समाजवादी मोर्चा भनेका छन्

बाबुरामको टिप्पणी : कम्युनिस्ट नाम राख्न लाज लागेर समाजवादी मोर्चा भनेका छन्

नेपालखबर
चैत १, २०८१ शुक्रबार १९:३१, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्‍यक्ष डा.बाबुराम भट्टराईले केही पुराना कम्युनिस्ट घटकहरू मौसमी रुपमा उभिएर समाजवादी मोर्चा बनाएको भन्दै टिप्पणी गरेका छन्। 

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले यसलाई कम्युनिस्टहरूको मोर्चा भने भैहाल्थ्यो नि भन्दै टिप्पणी गरेका हुन्। 

'केही पुराना 'कम्युनिस्ट' घटकहरूले मौसमी रूपमा एक ठाउँमा उभिएर आफूलाई 'समाजवादी मोर्चा' भन्ने गरेका छन्। 'कम्युनिष्ट'हरूको मात्र मोर्चा भएपछि त्यसलाई 'कम्युनिस्ट मोर्चा' भने भैहाल्थ्यो,' उनले भनेका छन्, 'यदि 'कम्युनिस्ट' भन्न लाज लागेको भए र 'समाजवादी' भन्नु उपयुक्त ठानेको भए पार्टीको नाम नै 'समाजवादी' राखे भैहाल्थ्यो!'

उनले कम्युनिस्ट भनेर कार्यकर्तालाई ठग्ने काम भइरहेको पनि आरोप लगाए। 

'किन कम्युनिस्ट भनेर कार्यकर्तालाई ठग्ने, अनि 'समाजवादी' भनेर जनतालाई ठग्ने दोहोरो चाल हो? यसरी दुइवटा डुंगामा खुट्टा राखेर कता पुगिएला?' उनले प्रश्न गरेका छन्। 

यस्तो हुँदा भयंकर वैचारिक र नैतिक विचलन भएको आरोप उनले लगाए। 

'यो भयंकर वैचारिक र नैतिक विचलन हो। यसको सट्टा विगतका कम्युनिस्ट आन्दोलनका अनुभव र नयाँ युगको नयाँ आवश्यकता अनुरूप उत्तर-पुँजीवादी र उत्तर-साम्यवादी वैचारिक-राजनीतिक विकल्प खोज्नेतिर लाग्ने हो कि?,' उनले सोधेका छन्। 

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad