राजनीति


आफ्नो फोटो जलाइएपछि प्रचण्ड : लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्

आफ्नो फोटो जलाइएपछि प्रचण्ड : लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्

नेपालखबर
चैत ३, २०८१ आइतबार १७:२४, काठमाडौँ


नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो फोटो जलाउनुलाई लोकतन्त्रमा विरोधका विभिन्न रूप भन्दै टिप्पणी गरेका छन्। 

शनिबार हेटौँडामा उनको तस्बिर जलाएका राप्रपाका नेतालाई प्रहरीले आज चितवनबाट पक्राउ गरेको छ। 

'लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन' प्रचण्डले भने।

प्रचण्डको तस्बिर जलाउने व्यक्ति राप्रपाका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको हो। उनले  शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा प्रचण्डको तस्बिर जलाइदिएका थिए। पक्राउ परेका बम राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता हुन्। 

कार्यक्रममा ती युवकले प्रचण्ड र गणतन्त्रविरुद्ध नारा लगाउँदै तस्बिर जलाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad