स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राज्यकोष तथा निजी क्षेत्रबाट तलब खानेहरूको तलबको २ प्रतिशत रकम कट्टा गरेर स्वास्थ्य बिमा कोषमा जम्मा गर्ने प्रणालीको विकास गर्न प्रस्ताव गरेका छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा स्वास्थ्य बिमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो प्रस्ताव गरेका हुन्।
राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्म सबैले तलबको २ प्रतिशत रकम स्वास्थ्य बिमा कोषमा योगदान गर्ने प्रणालीको विकास गर्न ढिला गर्न नहुने पौडेलको भनाइ छ।
‘हामीले बिमा ऐनमा एउटा नीति बनाएका छौँ। यदि म बिमामा जोडिए भनेँ मैले ३५०० रुपैयाँ तिरे हुन्छ। मैले खाने तलबबाट २ प्रतिशत बिमामा योगदान गर्ने व्यवस्था भयो भने मैले १७ हजार तिर्नुपर्छ,' उनले भने, 'राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्म सबैले र संगठित तथा निजी क्षेत्रमा तलब खानेहरूले बिमा प्रणालीमा योगदान गर्ने प्रणालीको विकास गरौं। तलब खानेहरूले बिमा कोषमा योगदान गर्ने स्थिति विकास गरौं।'
उनले सबै नेपालीलाई बिमाभन्दा बाहिर नराख्ने नीति बनाउनुपर्ने बताए।
Shares

प्रतिक्रिया