राजनीति


चीनसँगको सीमा जोडिएको उरै नाका सञ्चालनको तयारी भइरहेको छ : ओली

चीनसँगको सीमा जोडिएको उरै नाका सञ्चालनको तयारी भइरहेको छ : ओली

नेपालखबर
चैत ७, २०८१ बिहिबार १४:४४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको सीमा जोडिएको बझाङको उरै नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको उत्तर दिनेक्रममा ओलीले यसबारे जानकारी दिएका हुन्। 

'नेपाल-चीन बीच सन् २०१९ मा हस्ताक्षर भएको व्यहोरा जानकारी गराउँछु। सोहि बमोजिम चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकहरूलाई चीन आवागमन अनुमति पत्र (प्रवेश-पास) उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याइएको छ,' उनले भने, 'उल्लेखित १४ नाकाहरूमध्ये उरै भञ्‍ज्याङ, बझाङ  पनि रहेको छ। सो नाका सुचारू गर्न सम्बन्धित निकायहरूसँग समन्वय एवम् कुटनीतिक तवरमा पहल भइरहेको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad