राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित नेता डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकसाथ सक्रिय राजनीतिबाट सन्न्यास नलिए अब मुलुकमा जे पनि हुन सक्ने चेतावनी दिएका छन्।
उनीहरू तीनै जनाले एकसाथ सक्रिय राजनीतिबाट विश्राम लिए मात्र मुलुकमा सम्भावित मुठभेड रोकिने दाबी ढकालले गरेका छन्।
उनले सोमबार राति फेसबुकमा लेखेका छन्, ‘ओली, देउवा र प्रचण्ड तीनै नेताले एकसाथ सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरे सम्भावित मुठभेड रोकिनसक्छ। अन्यथा देशमा अब जे पनि हुन सक्छ।’

306
Shares

प्रतिक्रिया