राजनीति


राजसंस्था पुन:स्थापनाका लागि बनाइएको राप्रपाको मूल समितिको बैठक सुरु

राजसंस्था पुन:स्थापनाका लागि बनाइएको राप्रपाको मूल समितिको बैठक सुरु

नेपालखबर
चैत १२, २०८१ मंगलबार १३:१७, काठमाडौँ

राजसंस्था पुन:स्थापनाका लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गठन गरेको मूल आन्दोलन समितिको बैठक सुरु भएको छ।  

राजसंस्था पुन:स्थापनाको पक्षमा माहोल बनाउन आफ्नै नेतृत्वमा समिति बनाएको राप्रपाले पार्टीभित्र केही नेता विभाजित भएपछि त्यसबारे निर्णय लिन आजको बैठक डाकेको हो।

यसअघि राजावादी दल, राजावादी संघसंगठन, केही व्यापारीहरूले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष ८६ वर्षीय नवराज सुवेदीको संयोजकत्वमा चैत ४ गते ‘राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समिति’ गठन गरेका थिए। 

त्यसको सदस्यसचिव राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र बनेका थिए। आन्दोलन परिचालन समितिका संयोजक महामन्त्री धवलशम्शेर राणालाई बनेका थिए। 

सदस्यहरूमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पनि नाम थियो। तर, उनी सुवेदीलाई कमाण्डर मान्न तयार भएनन्।

लिङ्देनले चैत ५ गते पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट आन्दोलन मूल आयोजक समितिको कमाण्ड आफ्नै हातमा लिन निर्णय गराए। यसअघि यसको कमाण्ड महामन्त्री डा.धवलशमशेर राणाले गर्दै आएका थिए।

 पार्टी बैठकमा राणा र मिश्रले आत्मआलोचना गरेका गरे अनि पार्टीकै नेतृत्वको आन्दोलनमा जान तयार भए। 

यससँगै राप्रपाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा पनि सरकारको आलोचना गरिरहेका छन्। यसमा पनि राप्रपाले के धारणा सार्वजनिक गर्छ त्यो चासोका साथ हेरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad