कवि तथा गीतकार रामबाबु सुवेदीको बालगीत ‘क का कि की’ सार्वजनिक भएको छ। बालगीत परियोजनाअन्तर्गत गीतको भिडिओ रिलिज गरिएको हो।
स्वस्तिश्री गुरुकुल आइ।बी।वर्ल्ड स्कुल, सानोभर्यांङ, काठमाडौंसँग सहकार्य गरी निर्माण गरिएको हो। गीतकार सुबेदीको शब्द रचना रहेको गीतमा मिलन तिमल्सिनाको संगीत छ।
यस गीतमा सुप्रिम मल्ल ठकुरी र टेरेशा विश्वकर्माको स्वर रहेको छ। गीतको भिडिओमा साक्षत नेपाल, ऐसल खनाल, तारा सिंह श्रेष्ठ, आरूशी तिमल्सिनालगायत स्वस्तिश्री गुरुकुल स्कुलका बालबालिकाले कलाकारको अभिनय छ्र।
आचार्य गोपालको निर्देशन र परिकल्पना रहेको गीतलाई सुनील भण्डारीले खिचेका हुन्। रूपेश श्रेष्ठको कोरियोग्राफी बनेको भिडिओलाई वीरबहादुर थारूको सम्पादन छ।
कार्यक्रममा बोल्दै बालबालिकाहरूलाई मनोरन्जनात्मक तरिकाले “‘क का कि की’ सिकाउने उदेश्यले प्र गीत रचिएको गीतकार रामबाबु सुवेदीले बताए।
नेपाल बालसाहित्य समाजका सदस्य समन श्रेष्ठले गीतले बालबालिकाहरूलाई शैक्षिक सामाग्रीको रूपमा दस्तावेजीकरण गरेको बताए। स्वस्तिश्री गुरुकुलकी प्राचार्य नेहा के।सी।ले यस गीतको छायाङ्कन प्रक्रियामा बालबालिकाहरूले निकै रमाइलो मानेको सुनाइन्।
Shares

प्रतिक्रिया