कला


विश्वभर चर्चा पाइरहेको हलिउड फिल्म ‘अब्सेसन’ नेपालमा कहिले हुँदै छ रिलिज?

विश्वभर चर्चा पाइरहेको हलिउड फिल्म ‘अब्सेसन’ नेपालमा कहिले हुँदै छ रिलिज?

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १५:२९, काठमाडौँ

हलिउड फिल्म ‘अब्सेसन’ ले यतिखेर विश्वभरनै चर्चा कमाइरहेको छ। सानो बजेटमा बनेको फिल्मले बक्सअफिसमा भने आक्रामक कमाइ गरिरहेको छ।

यो फिल्म करिब ७ लाख ५० हजारदेखि १० लाख अमेरिकी डलर सानो बजेटमा निर्माण भएको हो। त्यही सानो बजेटको फिल्मले विश्वव्यापी रूपमा हालसम्म करिब २२० मिलियनदेखि २३० मिलियन अमेरिकी डलरसम्मको कमाइ गरिसकेको हलिउड सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

व्यापारिक विश्लेषण अनुसार यसको कमाइ अझै बढ्दै गई करिब २५० मिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ। यसरी हेर्दा फिल्मले आफ्नो निर्माण लागतको करिब २०० देखि ३३० गुणासम्म बढी आम्दानी गर्न सफल भएको देखिन्छ। जसलाई हलिउडमा ठूलो ‘सरप्राइज ब्लकबस्टर’ मध्ये एक मानिएको छ। 

फिल्मको कथा एक युवक वरिपरि घुम्छ, जसले रहस्यमय शक्तिसँग जोडिएको वस्तु प्रयोग गरेर आफ्नो प्रेम प्राप्त गर्ने प्रयास गर्छ। तर, प्रेम प्राप्ति भएपछि सम्बन्ध क्रमशः डर, मनोवैज्ञानिक तनाव र नियन्त्रण बाहिर जाने जुनूनमा बदलिन्छ।

क्युरी बार्कर निर्देशित यो फिल्ममा माइकल जोनस्टन र इन्डे नाभारेते मुख्य भूमिकामा छन्।

विश्वभर उत्कृष्ट समीक्षा र प्रतिक्रिया पाएसँगै यो फिल्म नेपालमा समेत रिलिज हुने तयारीमा छ। नेपालमा यो फिल्म १७ जुन (असार ३) देखि प्रदर्शन हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad