राजनीति


प्रतिपक्षीहरू आफू बच्न र सरकारलाई बद्नाम गर्न लागेः प्रधानमन्त्री ओली

प्रतिपक्षीहरू आफू बच्न र सरकारलाई बद्नाम गर्न लागेः प्रधानमन्त्री ओली

नेपालखबर
चैत १२, २०८१ मंगलबार १३:२६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारबिरुद्ध लागिपरेको बताएका छन्।  

मंगलबार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भएपनि विरोधीहरु सपना साकार पार्न नदिन लागिपरेको उल्लेख बताएका हुन्।

उनले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भुमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भए पनि त्यसो नभइरहेको पनि बताए।

‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्प बोकेका छौँ। केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनका लागि लागेका छन्। त्यो स्वभाविक पनि हो । बिरोधीहरु लाग्छन्,' उनले भने, 'यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो। तर त्यस्तो भइरहेको छैन। कसरी सरकार वा आफूबाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न, झुटलाई फैल्याउन सकिन्छ, यस्ता कुरामा उहाँहरु बहुतै सक्रिय देखिनुहुन्छ। त्यस्ता कुरामा म धेरै अल्मलिन चाहन्न।'

प्रधानमन्त्री ओलीले ०४६ सालको परिवर्तनपछि देश तीव्र गतिमा अघि बढिरहेको दाबी गरे। उनले विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधार नगरी विकास गर्न नसकिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad