नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विषय संसद्को सार्वजनिक लेखा समितिमा प्रवेश भएको छ।
नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कुलमानको बर्खास्तीबारे बैठकको सुरुमै बोल्न लागेपछि सभापति ऋषिकेश पोखरेलले विषयवस्तुमा बोल्न आग्रह गरेका थिए।
मोदीले कुलमानको विषयमा बोल्न खोजेपछि सत्तापक्षका सांसदहरू पनि उनीमाथि खनिएका थिए।
कांग्रेस सांसद रामकृष्ण यादव, मञ्जु खान, मोहन बस्नेत र एमाले सांसद तारा लामा तामाङले मोदीलाई बोल्न नदिन सभापति पोखरेललाई आग्रह गरेका थिए।
बोल्न नदिने तयारी गरेपछि मोदीलाई रास्वपाका सांसद मनीष झा र हरि ढकालले बोल्न दिनुपर्ने माग राखेका थिए।
696
Shares

प्रतिक्रिया