राजनीति


देशभरसँगै आज तीनकुनेमा मोटरसाइकल र्‍याली गर्दै एमाले

प्रतिगमनको दुष्प्रयासलाई नकाम बनाऔँ: एमाले महासचिव पोखरेल
देशभरसँगै आज तीनकुनेमा मोटरसाइकल र्‍याली गर्दै एमाले

एमाले महासचिव शंकर पोखरेल


नेपालखबर
चैत १८, २०८१ सोमबार ९:१४, काठमाडौँ

सत्तारुढ नेकपा एमालेले आज (सोमबार) देशभरका सदरमुकाम र प्रमुख सहरमा गणतन्त्रका पक्षमा जागरण सभा र मोटरसाइकल र्‍याली गर्ने भएको छ। 

एमाले महासचिव शंकर पोखेरका अनुसार काठमाडौँ उपत्यकामा भने संयुक्त रूपमा मोटरसाइकल र्‍यालीको आयोना गरिँदै छ।

मोटरसाइकल र्‍याली अपराह्न ४ बजे तीनकुनेमा गरिने जानकारी उनले दिएका छन्। 

र्‍यालीमा सहभागी हुन आह्वान गर्दै एमाले महासचिव पोखरेलले भनेका छन्, ‘प्रतिगमनको दुष्प्रयासलाई नकाम बनाऔँ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ।’

काठमाडौँको तीनकुने त्यही ठाउँ हो, जहाँ चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकारसहित २ युवाको ज्यान गयो भने तोडफोड, आगजनी र लुटपाटका कारण करोडौँ धनमाल क्षति भयो। 

त्यो हिंसा गर्न उक्साएको अभियोगमा जिल्ला प्रहरी परिसर, काठमाडौँले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ। 

तीनकुने घटनाका एक नाइके दुर्गा प्रसाईं भने फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। 

यद्यपि उनले आइतबार सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै आफू टाढा नभएको बताएका छन्। 

त्यसो त सरकारले तीनकुने हिंसाका प्रमुख योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको भन्दै उनीविरुद्ध निगरानी बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad