राजनीति


मन्त्रिपरिषद् बैठक: संसदको बजेट अधिवेशन आह्वान, शिक्षकका माग सम्बोधन गर्ने

मन्त्रिपरिषद् बैठक: संसदको बजेट अधिवेशन आह्वान, शिक्षकका माग सम्बोधन गर्ने

नेपालखबर
बैशाख २, २०८२ मंगलबार २२:१९, काठमाडौँ

सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।  

बैठकले आगामी वैशाख १२ गते संसदका दुवै सदनको बैठक बोलाउने गरी सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

सरकारले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न आवश्यक कानुन ल्याउने निर्णय पनि गरेको ती मन्त्रीले जानकारी दिए।

विद्यालय शिक्षा ऐन अहिले संसदीय समितिमा विचाराधीन छ।

संसदबाट चाँडै विधेयक पारित गर्ने गरी छलफल भएको ती मन्त्रीको भनाइ छ। उनले भने, ‘शिक्षकका मागहरूका सम्बन्धमा अलि गम्भीर ढंगले लामै समय छलफल भयो। जसरी पनि माग सम्बोधन गर्नुपर्छ भन्ने सबैको धारणा रह्यो। विधेयक सदनमै भएकाले अब चाँडो पारित गर्नुपर्छ भन्ने निष्कर्ष रहेको छ।’

शिक्षा ऐन ल्याउन दबाब दिनका लागि १४ दिनदेखि सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौँमा सडक प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad