राजनीति


माओवादीको जागरण अभियान आज रुपन्देहीमा

माओवादीको जागरण अभियान आज रुपन्देहीमा

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार ९:५१, काठमाडौँ

नेकपा माओवादी केन्द्रले आज रुपन्देहीमा जागरण अभियान सञ्चालन गर्दैछ। 

जनतासँग माओवादी तराई-मधेश हुलाकी मार्ग अभियान अन्तर्गत आज बिहानैदेखि रुपन्देहीमा विभिन्न कार्यक्रमहरु भइरहेका माओवादी केन्द्रले जनाएको छ। 

बुधबार साँझ नै रुपन्देही पुगेका अध्यक्ष प्रचण्डसहितका माओवादी केन्द्रका नेताले बिहीबार बिहान साढे ५ देखि साढे ८ बजेसम्म भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाकसँगै जनसंवाद कार्यक्रममा सहभागी भएका छन्। 

बिहान ९ बजे प्रचण्ड प्रेस सेन्टरले आयोजनाको गरेको पत्रकार सम्मेलनमा सहभागी भएका छन्। 

त्यसैगरि बिहीबार बिहान १० बजे युवा, विद्यार्थी र वाईसीएलको संयुक्त प्रशिक्षण, ११ देखि १२ बजेसम्म बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रम हुने माओवादी केन्द्रले जनाएको छ।  

त्यसैगरि मध्याह्न १२ बजे सहीद परिवारसँग भेटघाट गर्ने कार्यक्रम छ। 

दिउँसो २ बजे मर्चवारको मझगावामा हुने आमसभामालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ। 

माओवादीले गत फागुन १२ गते नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवलबाट अभियान सुरू गरेको थियो। 

बीचबीचमा केही दिन स्थगित गर्दै अघि बढिरहेको अभियान अन्तर्गत अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवन, नवलपरासी पूर्व र पश्चिम सहितका जिल्लामा अभियान सम्पन्न भइसकेको माओवादी केन्द्रले जनाएको छ। 

रुपन्देहीको अभियान सकिएपछि आजै माओवादी नेता कपिलवस्तु प्रस्थान गर्नेछन्। भोलि कपिलवस्तुमा कार्यक्रम हुनेछ। त्यसप५ि दाङ, बर्दिया, बाँके, कैलालीहुँदै कञ्चनपुर पुगेर हुलाकी अभियान पूरा हुने छ। त्यसपछि मध्य पहाडी क्षेत्रमा अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ। त्यो अभियान सगरमाथाको फेदिमा पुगेपछि पूरा हुने माओवादी केन्द्रले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad