सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन गरिएको बैठकमा सहभागी एक मन्त्रीले नेपालखबरसँग बताए।
आयोगको सदस्यमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, कानुनमन्त्री अजयकुमार चौरसिया, लोकसेवा आयोगका प्रतिनिधि, नीति आयोग, योजना आयोगका प्रतिनिधि र एक जना निजी क्षेत्रका प्रतिनिधि सदस्य रहने बताइएको छ।
1.2k
Shares

प्रतिक्रिया