सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद आज पनि हेर्दाहेर्दैमा राखेको छ।
आज (मंगलबार) सातौँ दिनको सुनुवाइमा केही सरकारी वकिलले बहस गरेका थिए। सरकारी वकिलको बहस सकिएपछि विपक्षीतर्फको बहस सुरू भएको छ।
विपक्षीमध्ये आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईका तर्फबाट बहस सुरू भएको छ। भोलि पनि उनका कानुन व्यवसायीले बहस गर्नेछन्।
चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो।
उक्त नियुक्ति विवादमा सर्वोच्चको संवैधानिक इजलासमा गत माघ ३० बाट सुनुवाइ थालिएको हो।
यो साता हरेक दिन हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ भइरहेको छ।
282
Shares

प्रतिक्रिया