राजनीति


विप्लवको गुनासो : प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटि हेरेनन्

विप्लवको गुनासो : प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटि हेरेनन्

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १९:३२, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द  ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको लागि जीवन समर्पण गरेको भएपनि आफूहरुले अवसर नपाएको बताए।

नेकपाको ७६ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफ्नो परिवारका सदस्यहरु गुमाउँदै, आन्दोलनमा लड्दै साथ दिएको भएपनि आफूहरुले अवसर नपाएको गुनासो गरे।

‘हामीले प्रचण्ड र बाबुराम कमरेडलाई जिन्दगी नै दिएको हो, हामीले उहाँको आदेश मानेकै हो,’ विप्लवले भने, ‘आफ्नो परिवार गुमाउँदै लड्दै यहाँसम्म आइपुगेका हौं। उहाँहरुले हामीलाई हेर्नु हुदैन र? एकचोटि गर हामी साथ दिन्छौं भन्नुहुँदैन र उहाँहरुले? एकचोटि हेरे हुन्छ नि त। सधैं आफैं हुनुपर्छ र? त्यो के अर्को राजतन्त्र भएन र?दलीय व्यवस्थाको नाममा कति पटक अध्यक्ष हुने? कति वर्ष महासचिव हुने मान्छे? त्यसकारण अब समय आएको छ। यसमा हामी सबै एकजुट भएर नेपाली जनतालाई अपिल गर्नुपर्छ। सबैलाई हेर्नुभयो एकचोटि हामीलाई पनि हेर्नुस् भन्ने अधिकार हामीलाई छैन र?’

नेकपालाई नेपाली जनताको माया र श्रम गर्ने नेता कार्यकर्ताबाट चल्ने पार्टी बनाउनुपर्नेमा चन्दको जोड छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad