नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारको काम गर्ने शैलीमाथि प्रश्न उठाएका छन्। मंगलबार काठमाडौँमा आयोजित यातायात व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा सरकारका कमीकमजोरी र काम गर्ने शैली सच्चाउनुपर्ने बताएका हुन्।
‘सरकारका कमीकमजोरी सच्याउनुछ, काम गर्ने कुरामा कहीँ तलमाथि भएको छ भने त्यो शैलीलाई बदल्नुछ,' उनले भने, 'कमजोरी सच्याउने भनेको कांग्रेस र एमालेका बीचमा भएको सहमतिको आधारमा हामी जहाँ जानका लागि जे उद्देश्य प्राप्तिका लागि सहमति गरेका छौँ त्यही हो।’
सरकार सञ्चालन र भइरहेका गतिविधिमा असन्तुष्टि देखिएपछि सन्तुष्टिमा लैजान रणनीति बनाएर काम गर्नुपर्ने खड्काको भनाइ छ।
'यो पाटोमा पनि बैठक बसेर पार्टीमा छिट्टै गम्भीर छलफल हुँदैछ,' उनले भने, ' सभापति फर्किसकेपछि हामी अर्को तरिकाले अघि बढ्नेछौँ।' सभापति देउवा उपचारका लागि थाइल्यान्ड गएका छन्।
Shares

प्रतिक्रिया