सर्वोच्च अदालतबाट आफूलाई दोषी ठहर गर्ने फैसला पुनरवलोकनका लागि दीपक मनाङे भन्ने राजीव गुरुङले दिएको निवेदन फिर्ता भएको छ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैदको फैसला गरेको थियो।
फैसलापछि उनी डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्।
सर्वोच्चले पनि सोही फैसला सदर गरेपछि मनाङेले त्यसलाई पुनरवलोकन गर्न निवेदन दिएका थिए।
तर पछि उनले उक्त निवेदन फिर्ता गर्न भन्दै अर्को निवेदन दिएका थिए। उनको निवेदनमा बिहीबार कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेसी तोकिएको थियो।
इजलासले मनाङेको मागबमोजिम नै हुने आदेश गरेको छ। उनले निवेदन फिर्ताका लागि यही वैशाख ८ गते निवेदन दिएका थिए।
त्यसअघि उनले २०८१ माघ ४ गते फैसला पुनरवलोकनका लागि निवेदन दिएका थिए।
गण्डकी प्रदेशका सांसद मनाङेलाई यसअघि जिल्ला अदालतले २० प्रतिशत कैद छुट दिने आदेश गरिसकेको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले गएको फागुन २३ गते उनले माग गरे बमोजिम २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो।
मनाङेले ५ वर्ष कैदको २० प्रतिशत छुट पाउँदा १ वर्ष कम कारागार बस्नुपर्छ।
मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए।
मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क)मा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार उनले कैद छुट माग गरेका थिए। तरबारले चक्रे मिलन भन्ने मिलन गुरूङको हात काटेको घटनामा मनाङेलाई ५ वर्ष कैदको फैसला भएको थियो।
२० वर्ष पहिलेको घटनामा सर्वोच्चले पनि मनाङेलाई दोषी ठहर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको थियो। घटनालगत्तै पक्राउ परेका उनले २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका थिए।
मनाङे २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका थिए।
बाँकी रहेको २ वर्ष ४ महिना कैद बाँकी रहे पनि १६ महिना मात्रै कैद भुक्तान गरे हुने भएपछि उनी पुनरवलोकनमा नलागी निवेदन नै फिर्ता गरेका हुन्।
कात्तिक २० गते सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनकै फैसला सदर गरेको थियो।
गण्डकी प्रदेशका सांसद मनाङेलाई यसअघि जिल्ला अदालतले २० प्रतिशत कैद छुट दिने आदेश गरिसकेको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले गएको फागुन २३ गते उनले माग गरे बमोजिम २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो।
मनाङेले ५ वर्ष कैदको २० प्रतिशत छुट पाउँदा १ वर्ष कम कारागार बस्नुपर्छ।
मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए।
मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क)मा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार उनले कैद छुट माग गरेका थिए। तरबारले चक्रे मिलन भन्ने मिलन गुरूङको हात काटेको घटनामा मनाङेलाई ५ वर्ष कैदको फैसला भएको थियो।
२० वर्ष पहिलेको घटनामा सर्वोच्चले पनि मनाङेलाई दोषी ठहर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको थियो। घटनालगत्तै पक्राउ परेका उनले २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका थिए।
मनाङे २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका थिए।
बाँकी रहेको २ वर्ष ४ महिना कैद बाँकी रहे पनि १६ महिना मात्रै कैद भुक्तान गरे हुने भएपछि उनी पुर्नरावलोकनमा नलागी निवेदन नै फिर्ता गरेका हुन्।
कात्तिक २० गते सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनकै फैसला सदर गरेको थियो।
Shares

प्रतिक्रिया