राजनीति


शिक्षकका माग पूरा गर्न सरकारलाई दबाब दिन जरुरीः पूर्वप्रधानमन्त्री नेपाल

शिक्षकका माग पूरा गर्न सरकारलाई दबाब दिन जरुरीः पूर्वप्रधानमन्त्री नेपाल

नेपालखबर
बैशाख १४, २०८२ आइतबार १७:४०, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षकका मागहरु पूरा गर्न सरकारलाई दबाब दिन जरुरी रहेको बताएका छन्।

आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। अहिले आफूहरु प्रतिपक्षमा रहेको र शिक्षकका मागहरु पूरा गराउन कसरी आवाज उठाउन सकिन्छ भन्ने योजनाका लागि छलफल गर्ने सोच बनाइरहेको बताए। 

सरकारलाई शिक्षकका माग पूरा गर्न दबाब दिन जरुरी रहेको उल्लेख गरे। सरकारले शिक्षकका माग पूरा गर्न आवश्यक ध्यान नदिएको उनको आरोप छ।

उनले भने, ‘अहिले हामी प्रतिपक्षहरु बसेर संसदमा त्यसको आवाज उठाउन केके तरिका अपनाउन सकिन्छ भनेर छलफल चलाउने सोचिरहेका छौँ। सरकारलाई दबाब दिन जरुरी छ। सरकारले आवश्यक ध्यान दिएको देखिँदैन। सरकारका यत्रो आवाजलाई पोजिटिभ रुपमा लिएर राम्रोसँग हल गर्ने कुरामा अग्रसरता लिनुपर्छ।’

अध्यक्ष नेपालले शिक्षकको ठूलो आवाजलाई समेत सरकारले सकारात्मक रुपमा लिएर समाधानका लागि अग्रसरता नदेखाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad