सप्तरीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
कञ्चनरूप नगरपालिका–१० बदगामास्थित सडकमा उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र१-०१-००१ ख ३४२० नम्बरको बस आइतबार दिउँसो दुर्घटना भएको हो।
दुर्घटनामा बसमा सवार सप्तकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्न बहादुर मगराती तथा हाल नाम, थर, वतन नखुलेका १ जना पुरूष र १ जना महिला गरी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै, दुर्घटनामा घाइते भएका बसमा सवार २२ जनालाई उपचारको लागि धर्मेश्वर अस्पताल, नगर अस्पताल र गोल्डेन अस्पताल विराटनगर पठाइएको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
1.2k
Shares

प्रतिक्रिया