राष्ट्रिय सभामा पर्यटन विधेयक- २०८१ पेस भएको छ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा पर्यटन विधेयक- २०८१ पेस भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका हुन्।
पर्यटकीय गतिविधि प्रवद्धन, पर्यटक उद्योगको व्यवस्था तथा नियमन गर्न पर्यटकको हित, सुरक्षा र सुविधा अभिवृद्धि गर्न पर्यटनसम्बन्धी कानुनलाई संशोधन गरी समय अनुकुल बनाउन पेस गरिएको बताए।
यस्तै, पर्यटन क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य अभिवृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्न कानुन संशोधन गरी समय अनुकुल बनाइने उनले बताए।
‘पर्यटकीय गतिविधि प्रवद्धन, पर्यटक उद्योगको व्यवस्था तथा नियमन गर्न पर्यटकको हित, सुरक्षा र सुविधा अभिवृद्धि गर्न तथा पर्यटन क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य अभिवृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्न पर्यटनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गरी समय अनुकूल बनाउन अध्यक्ष महोदयको अनुमतिले पर्यटन विधेयक २०८१ सम्मानित सभामा पेस गर्दछु।’
राष्ट्रिय सभाको अर्को बैठक आगामी वैशाख १९ गते शुक्रबार बस्नेछ।
Shares

प्रतिक्रिया