राजनीति


सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वको टोली भारत भ्रमणमा

सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वको टोली भारत भ्रमणमा

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १५:४, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत  प्रस्थान गरेको छ। भारत सरकारको औपचारिक निमन्त्रणामा टोली मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक साताको भ्रमणका लागि भारततर्फ लागेको हो।

भारत प्रस्थानअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री शाहले भ्रमणका क्रममा सुदूरपश्चिम प्रदेशमा आयोजना गर्न लागिएको लगानी सम्मेलनका साथै ऊर्जा, पर्यटन र कृषि लगायतका विषयमा छलफल हुने जानकारी दिए।

टोलीले दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका सहरहरूको भ्रमण गर्ने कार्यक्रम छ। पहिलो दिन टोली दिल्ली पुग्नेछ भने दोस्रो दिन संघीय मन्त्रीहरूसँग भेटघाट र विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनसँग अन्तरक्रिया हुनेछ।

यस्तै भारतीय कृषि अनुसन्धान संस्था, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्र तथा देहरादुनको कृषि र पर्यटनसम्बन्धी क्षेत्रहरूको अवलोकन गर्नेछ। भ्रमणको अन्त्यतिर टोलीले उत्तराखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग भेट गरेपछि लखनउ हुँदै स्थलमार्गबाट कैलाली फर्कने छ।

भ्रमण टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य झपटबहादुर साउँद लगायत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad