राजनीति


बेलौरी नगरपालिकाका मेयरले दिए प्रचण्डलाई ज्ञापनपत्र

बेलौरी नगरपालिकाका मेयरले दिए प्रचण्डलाई ज्ञापनपत्र

नेपालखबर
बैशाख १७, २०८२ बुधबार ११:४६, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कञ्चनपुरको बेलौरी नगरपालिकाको तर्फबाट ज्ञापनपत्र बुझाइएको छ।  

तराई–मधेश जागरण अभियानअन्तर्गत आज बेलौरी पुगेको माओवादी केन्द्रको अभियान टोलीलाई नगरपालिकाले सम्मानसहित ज्ञापनपत्र बुझाएको हो। 

त्यसक्रममा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले अध्यक्ष प्रचण्ड समक्ष नगरका समस्या र आवश्यकताहरू समेटिएको ज्ञापनपत्र पेश गरेका छन्।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बेलौरीका समस्या समाधान र विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘बेलौरी नगरपालिकामा म यसअघि पनि विभिन्न कार्यक्रमका अवसरमा आएको छु। यहाँका समस्याहरू बारे म जानकार छु,’ प्रचण्डले भने, ‘नेपाल–भारत सीमामा देखिने समस्या, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि म विपक्षी दलको नेताको हैसियतमा गर्न सकिने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad