राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको भएको टिप्पणी गरेका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद प्रधानले यस्तो टिप्पणी गरेका हुन्। उनले सरकारले नेपाली नागरिकको मौलिक हकको समेत ख्याल नगरी कार्यक्रम अघि सारेको आरोप लगाए। अहिले देशले भोगिरहेको समस्याहरु सम्बोधन गर्नुभन्दापनि सरकारको दैनिकीलाई नै नीति तथा कार्यक्रममा समावेश गरिएको उनको टिप्पणी छ।
उनले भने, ‘नीति तथा कार्यक्रममा समावेश नहुनुपर्ने कुराहरु आएका छन्। समावेश गर्न आवश्यक कुराहरु समावेश गरिएको छैन। अहिले देशले भोगिरहेका समस्याहरु युवा, कृषकहरुले भोगिरहेका समस्या र तत्काल राहत उपलब्ध गराउने कुराहरु आउन सकेनन्। सरकारले अधिनायकवादी शैलीको जस्तो कुराहरु गरेर जुन ढँगले ल्याएको छ। नेपाली नागरिकको मौलिक हकलाई समेत नाघेर कुरा गर्न मिल्दैन।’
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको छ।
Shares

प्रतिक्रिया