राजनीति


रेशम पक्राउको जवाफ नपाएपछि नागरिक उन्मुक्तिद्वारा संसद्‍मा विरोध

रेशम पक्राउको जवाफ नपाएपछि नागरिक उन्मुक्तिद्वारा संसद्‍मा विरोध

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १२:९, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे जवाफ नदिएको भन्दै संसद्‍मा उठेर विरोध गरेका छन्। 

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनीहरुले उठेर विरोध गरेका हुन्। विरोध जनाउनुअघि नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनको पक्राउको निष्पक्ष छानबिनको माग गरेकी थिइन्।

त्यसपछि नाउपाका सांसद्हरुले उठेर विरोध जनाएका थिए। तर, सभामुख देवराज घिमिरेले यसबारे गृहमन्त्रीले बिहीबार जवाफ दिने जानकारी गराएपछि उनीहरुले आशन ग्रहण गरेका थिए।

सोमबार नाउपाका सांसदहरुले यसबारे जवाफ दिन आजसम्मको समयसीमा दिएका  थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad