राजनीति


संसद् बैठक: नीति तथा कार्यक्रममाथिको छलफल आज सकिने

संसद् बैठक: नीति तथा कार्यक्रममाथिको छलफल आज सकिने

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार ८:८, काठमाडौँ

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। शुक्रबार बिहान ११ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ। 

आजको बैठकमा पनि सांसद्हरुले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची छ। नीति तथा कार्यक्रममाथि सांसदले धारणा राख्ने क्रम शुक्रबार सकिने छ। 

आजको बैठकमा बोल्न बाँकी सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेछन्। नीति तथा कार्यक्रममाथि सोमबारदेखि निरन्तर छलफल भइरहेको छ। 

नीति तथा कार्यक्रममाथिको छलफलको लागि प्रतिनिधिसभामा छुट्याइएको १८ घण्टामध्ये अब ३ घण्टा मात्रै बाँकी रहेकाले आज यसमाथिको बहस सकिने संसद् सचिवालयले जनाएको छ।  

दुवै सदनमा यही वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यतालिका तय भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad