राजनीति


बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक

बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार ९:५८, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ।

बैठक केही बेरअघि सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको हो। 

कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई दिएको जानकारीअनुसार बैठकमा समसामयिक राजनीतिक, संक्रमणकालीन न्याय (टीआरसी) लगायत एजेन्डा प्रस्तुत भएका छन्।

त्यसो त यसबीच गभर्नर नियुक्तिका विषयमा कांग्रेस र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट भइरहेको खबर पनि सार्वजनिक भएको छ। 

कार्यकाल सकिनु १ महिनाअगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान भए पनि अघिल्ला गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन।

गठबन्धन सरकारका प्रमुखहरु प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको लगातारको छलफलपछि बुधबार नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गराएर बिहीबार राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निश्चित भएको थियो। 

पछिल्ला दिन त सत्ता गठबन्धनको मुख्य दल कांग्रेसका दोस्रो तहका नेताले सार्वजनिक रूपमै प्रधानमन्त्री ओलीको शैलीप्रति असन्तुष्टि जनाइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad