राजनीति


प्रचण्डले भ्रम फैलाउँदा राजावादीलाई सहयोग पुग्योः कानुनमन्त्री चौरसिया

प्रचण्डले भ्रम फैलाउँदा राजावादीलाई सहयोग पुग्योः कानुनमन्त्री चौरसिया

नेपालखबर
बैशाख २७, २०८२ शनिबार १९:५४, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार र प्रतिपक्षबीच न्युनतम बुझाइको जरुरी रहेको बताएका छन्।

शनिबार सिंहदरबारमा पूर्वसांसद मञ्चले आयोजना गरेको ‘नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनावश्यक भ्रम फैल्याउनुले राजावादीहरूका लागि सहयोगी बनेको मन्त्री चौरसियाले बताए।

उनले सरकारले व्यापार प्रवर्द्धन, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि अध्यादेश ल्याउँदा विरोध भएको बताए। राम्रा कुराहरूको विरोध गरेर अहिलेको प्रणाली अघि बढाउन नसकिने उनको भनाई थियो।

मन्त्री चौरसियाले भने, ‘अहिले व्यापार प्रवर्द्धनका लागि, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि, सात दिनभित्र कुनैपनि फाइल कुनैपनि सरकारी जुनसुकै पदाधिकारीको टेबुलमा सात दिन बढी नरहोस् भन्ने र राजश्वको मुद्दा लागेका कतिपय व्यक्तिहरु सतप्रतिशत धरौटी राख्नुपर्ने व्यवस्थाको कारण अपिल गर्न पाइरहेका थिएनन्, थुनामा थिए। भाग्न बाध्य थिए। त्यस्ता राम्रा राम्रा कानुनहरू संशोधन अध्यादेशमार्फत गर्दा कति विरोध भयो?’

मन्त्री चौरसियाले लोकतन्त्रको विरुद्धमा उठ्ने आवाजलाई सबै मिलेर आफ्नो तहबाट जवाफ दिनुपर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad