राजनीति


राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

नेपालखबर
बैशाख २९, २०८२ सोमबार १५:५१, दमौली (तनहुँ)

राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्। ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन्।

त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गरेका स्थानीय श्रीहरि पौडेलले जानकारी दिए। राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए।

राष्ट्रपति पौडेलको पुख्र्यौली थलो रिस्ती हो। राष्ट्रपति पौडेलले आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad