राजनीति


हार्वर्ड विश्वविद्यालयको ‘उदीयमान नेता’ कार्यक्रममा नेपालबाट गोविन्द परियार छनोट

हार्वर्ड विश्वविद्यालयको ‘उदीयमान नेता’ कार्यक्रममा नेपालबाट गोविन्द परियार छनोट

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार ९:२१, काठमाडौँ

पत्रकार एवं कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार अमेरिकाको हार्वर्ड विश्वविद्यालयको ‘उदीयमान नेता’ कार्यक्रमका लागि छनोट भएका छन्।

विश्वको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयले विभिन्न देशमा नेतृत्वमा जान सक्ने सम्भावना भएका व्यक्तिहरूका लागि बनाएको ‘इमर्जिङ लिडर्स’ कार्यक्रममा सन् २०२५ का लागि नेपालबाट परियार छानिएका हुन्।

उक्त कार्यक्रमका लागि उनी अहिले अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड विश्वविद्यालयको हार्वर्ड केनेडी स्कुलमा अध्ययनरत छन्।

कार्यक्रममा विश्वको राजनीतिक परिवेश तथा मुद्दा, एजेन्डा छनोट, राजनीतिमा टेक्नोलोजीको प्रयोग, आर्टिफिसियल इन्टेलिजेन्ट, द्वन्द्व व्यवस्थापनलगायत विषयमा हार्वर्ड विश्वविद्यालयका प्राध्यापकहरूले पढाउँछन्।

कार्यक्रममा नेपालसहित विभिन्न देशका ५० जना सहभागी छन्। जसमा विश्वका विभिन्न देशका राजनीतिकर्मी, सरकारी उच्च पदमा रहेका तथा निजी क्षेत्रको कार्यकारी पदमा बसेका व्यक्तिहरूको सहभागिता छ।

परियार यसअघि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुँदा दुईपटक प्रेस सल्लाहकारको भूमिकामा थिए। अहिले पनि उनी देउवाको प्रेस सल्लाहकार नै छन्।

नेपाली कांग्रेसको महासमिति सदस्यसमेत रहेका परियार पार्टीको केन्द्रीय जनसम्पर्क समन्वय विभागको सदस्य हुन्।

समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले अमेरिकी सरकारको छात्रवृत्तिमा अमेरिकाको ओहायो विश्वविद्यालयबाट अमेरिकन मिडिया र सञ्चार अध्ययन गरेका छन्।

झण्डै दुई दशक नेपालका विभिन्न सञ्चारमाध्यममा काम गरेका उनी पछिल्लो समय राजनीतिक अभियानको रणनीति बनाउने काम गरिरहेका छन्। 

२०७९ मा भएको निर्वाचनमा उनी नेपाली कांग्रेसको चुनाव प्रचार अभियान रणनीति बनाउन संलग्न भएका थिए।

परियार यसअघि बेलायत, अस्ट्रेलिया, नेदरल्यान्ड, अमेरिकालगायत देशमा पत्रकारिताका विभिन्न विधाको अध्ययन तथा तालिममा सहभागी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad