वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहेका भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवबीच भेटवार्ता भएको छ।
मन्त्री शाही र सगरमाथा संवादमा सहभागी हुन बिहीबार नेपाल आएका मन्त्री यादवबीच आज सम्मेलनस्थलमा शिष्टाचार भेट भएको वनसचिव डा. राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए। भेटमा मन्त्री शाहीले नेपाल भारतसँगको वातावरण तथा वन क्षेत्रको सहकार्यलाई साझा उत्तरदायित्व क्षेत्रीय एकता, पारस्परिक सम्मानको भावनामा आधारित रही अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनीहरूबीच संरक्षणका साथै जलवायु परिवर्तन, विपद्, वायु प्रदूषणका समस्या समाधानमा साझेदारी गर्ने सम्बन्धमा छलफल भएको वनसचिव डा. मिश्रले जानकारी दिए।
उनीहरूबीच वन्यजन्तु संरक्षण, प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनजस्ता चुनौती सीमित भूगोलमा सीमित नरही क्षेत्रीय सहकार्य आवश्यक रहेकाले प्रभावकारी क्षेत्रीय सहकार्य गर्नुपर्ने सम्बन्धमा छलफल भएको थियो।
Shares

प्रतिक्रिया