नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितप्रति श्रद्धाञ्जली दिन दासढुङ्गामा स्मृतिसभा सम्पन्न भएको छ।
एमाले चितवनको आयोजना र मदनभण्डारी फाउण्डेशन चितवनको संयोजनमा शनिबार भएको सभामा नेता कार्यकर्ताले नेताद्वयको शालिकमा माल्यार्पण गर्नुका साथै शब्दद्वारा श्रद्धासुमन व्यक्त गरेका थिए।। दासढुङ्गा मदन–आश्रितको जिप त्रिशूलीमा खसेको स्थल हो।
एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले ‘जनताको बहुदलीय जनवाद’ तीन दशकको अभ्यासबाट प्रमाणित भइसकेको बताए। जीवराजलाई कुशल संगठक हुनुका साथै आदर्श नेता पनि भएको उनको भनाइ छ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, जिल्ला अध्यक्ष कमल पाठक लगायतले बोलेका थिए। विसं २०५० जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गामा मदन–आश्रितको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो।रासस
48
Shares

प्रतिक्रिया