राजनीति


अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्यो : रास्वपा सांसद गौतम

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्यो : रास्वपा सांसद गौतम

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८२ आइतबार १३:२३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकाको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै अदालतले कानुनी प्रक्रिया मिचेको आरोप लगाएकी छिन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थालेमा मुलुकमा विधिको शासन कायम हुन नसक्ने टिप्पणी गरिन्।

सूर्यदर्शन सहकारी वचत हिनामिना प्रकरण मुद्दामा रास्वपा सभापति रवि लामिछाने पक्षलाई पेसी तोकिएको सूचना नै नदिई उच्च अदालत पोखराले बिहीबार एकतर्फी सुनुवाइ अघि बढाएको समाचार बाहिरिएको थियो। 

अदालतले कानुनको उचित प्रक्रिया उल्लघंन गरेको भन्दै पूर्वन्यायाधीशहरुको फोरमले समेत प्रश्न उठाउनुपर्ने बेला भएको जिकिर गरिन्।

‘अदालतको कानुनको उचित प्रक्रिया मिचिएको देख्दा, उल्लघंन भएको देख्दा अब त पूर्वन्यायधीशरुको फोरमले नै अब न्यायपालिकाकै कार्यशैलीमा अब प्रश्न उठाउनुपर्ने बेला भयो कि? आफू पूर्व भएको कारणले टिप्पणी गर्नुपर्ने बेला भयो कि भन्ने जस्तो महसुस भएको छ,’ गौतमले भनिन्, ‘यदि अदालतले पनि कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्यो भने देशमा विधिको शासन कायम रहदैन। केवल विधिको आवरण मात्रै बाँकी रहन्छ।’ 

न्याय सम्पदान हुनुअघि नै न्यायिक प्रक्रियाको हत्या भइरहेको भन्दै उनले सभामुखको समेत ध्यानाकर्षण गराइन्। ‘न्याय सम्पदान हुनुअघि नै न्यायिक प्रक्रियाको हत्या हुँदैछ सभामुख महोदय,’ गौतमको भनाइ छ, ‘यसको मौन साक्षी हुने की जागरुक प्रतिरोध गर्ने? अब यो संसद र नागरिक समाजको साझा जिम्मेवारी हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad