राजनीति


रास्वपा सांसद झाको टिप्पणी– न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको छ

रास्वपा सांसद झाको टिप्पणी– न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको छ

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०८२ सोमबार ११:५२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले न्यायालयप्रतिको विश्वास  कमजोर हुँदै गएको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालका गृहमन्त्रीले भाग खोजेको कुरा पूर्वप्रधानन्यायाधीशले नै सार्वजनिक गरेको दाबी गरे।

‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअगाडि भन्नुभएको थियो’, झाले भने, ‘नेपाली कांग्रेसको वर्तमान गृहमन्त्रीले न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो यो व्यक्ति परेनन् भने मलाई गाह्रो हुन्छ, भन्न जानुभएको थियो।’

उनले थपे, ‘न्यायालयले राजनीतिक संरक्षण गरेकै कारणले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad