राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियम अधिराज्यका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि र सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा शैल रुपाखेतीलाई होली सीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई आज ती देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।
राजदूत रुपाखेतीलाई गणतन्त्र पोल्याण्ड, हङ्गेरी, रोमानिया र स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूत नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस
108
Shares

प्रतिक्रिया