राजनीति


भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीलाई माओवादीको प्रश्न : खाने आफू, दोष कर्मचारीलाई ?

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीलाई माओवादीको प्रश्न : खाने आफू, दोष  कर्मचारीलाई ?

नेपालखबर
जेठ १४, २०८२ बुधबार १४:५२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभुवन विमानस्थलमा भ्रष्टाचार भइरहेको आरोप लगाउनु लगाएका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद् सुवेदीले भुटानी शरणार्थी प्रकरणले देशको शीर निहुँराएको छ महिना नहुँदै  भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको टिप्पणी गरे। 

‘आज परिस्थितिले छुट्टै विषयमा बोल्नुपर्ने बनायो। यो साताभर एउटा गम्भीर विषयमा चर्चा भइरहेको छ,’ सुवेदीले भने, ‘मुलभुतरुपमा गृहमन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभुवन विमानस्थलमा भ्रष्टाचार भइरहेको। त्यो पनि थोरै रकम हैन दिनमा पचास लाख पैयाँसम्म उठाइरहेको भन्ने जो चर्चा छ। यो अहिले सर्वाधिक चर्चाको विषय छ।’

उनले थपे, ‘हामीलाई थाहा छ कुनैदिन भुटानीशरणार्थी प्रकरणले देशको शीर निहुँरायो। कम्तिमा पनि छ महिनासम्म यसबारे देशविदेशमा बहस चल्यो। यतिखेर फेरि भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको छ। बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले? यो दुःखद कुरा हो। गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको छ। हाम्रो देशको छवि अब कस्तो होला?’

भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी अनुसन्धान निष्पक्ष रूपमा हुने वातावरण निर्माणका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभामा अवरोध गरेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad