संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ।
सोमबार अपरान्ह १ बजे बस्ने गरेर पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाइएको हो।
त्यसैगरि आजै दिउँसो ३ बजे पार्टी संसदीय दलको बैठक पनि बोलाइएको छ। यी दुवै बैठक केन्द्रीय कार्यालय वनस्थलीमा राखिएको रास्वपाले जनाएको छ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने अडान लिएको छ।
195
Shares

प्रतिक्रिया