नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेट भएको छ। भेटमा दाहाल, नेपालसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता प्रमेश हमाल पनि सहभागी छन्।
आजै केहीबेरपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच सिंहदरबारमै छलफल हुँदैछ। लगातारको संसद् अवरोधदेखि समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेताहरू जुट्न लागेको बताइएको छ।
1.5k
Shares

प्रतिक्रिया