सभामुख देवराज घिमिरेले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल थालेका छन्।
मंगलबार बिहान प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित मुख्य तीन दलका प्रमुख सचेतकसँग संसद बैठक सहजरुपमा सञ्चालन गर्नेबारे छलफल गरेका थिए।
उक्त छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआइ संसद् चल्न नदिने पार्टीको अडान यथावत् रहेको धारणा राखेका थिए।
संसद् बैठक चलाउने आफ्नो पहलले सफलता नपाएपछि अहिले उनीले एमाले मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग थालेका हुन्। विपक्षीसँग सहमति बन्न नसकेपछि सत्ताक्षले पेलेरै जाने नीति तय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एमाले संसदीय दलको बैठकमा विपक्षीको अवरोध जारी रहे पेलेरै भए पनि संसद् बैठक सञ्चालन गर्ने बताएका थिए।
Shares

प्रतिक्रिया