राजनीति


सैनिक प्रवक्ताको जिम्मा सहायक रथी बस्नेतलाई

सैनिक प्रवक्ताको जिम्मा सहायक रथी बस्नेतलाई

नेपालखबर
जेठ २१, २०८२ बुधबार १४:३, काठमाडौँ

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी राजाराम बस्नेतले पाएका छन्। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक रहेका बस्नेतलाई जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा प्रवक्तामा सरुवा गरिएको हो। 

हालका सहायक रथी एवम् प्रवक्ता गौरवकुमार केसीको एक वर्षे कार्यकाल सम्पन्न भएसँगै बस्नेतलाई उनको स्थानमा सरुवा गरिएको हो। 

बस्नेतले बिहीबारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्नेछन्। केसीले २०२४ अप्रिल १५ बाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।  

केसीले जंगी अड्डामा बिहीबार प्रवक्ताको जिम्मेवारी औपचारिक रुपमा बस्नेतलाई हस्तान्तरण गर्ने कार्यक्रम छ। 

यता केसीलाई भने पुर्वी पृतनाको जिम्मेवारी दिइएको छ। पृतनापति उपरथी हुने भएपनि केसी चाँडै बढुवा हुने लाइनमा छन्। उपरथीमा बढुवा भएसँगै केसी पूर्वी पृतना, इटहरीको पृतनापति हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad