राजनीति


अहमदाबाद विमान दुर्घटनामा कांग्रेसद्वारा दु:ख व्यक्त

अहमदाबाद विमान दुर्घटनामा कांग्रेसद्वारा दु:ख व्यक्त

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १३:१०, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसले भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको विमान हिजो दुर्घटना भएकोप्रति दु:ख व्यक्त गरेको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै २४१ यात्रुको मृत्यु भएको घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै स्तब्ध र मर्माहत बनाएको बताएका हुन्।

विमान दुर्घटनाबाट भारत, बेलायत, क्यानडा र पोर्चुगल सरकारले व्यहोर्नु परेको यो मानवीय क्षतिप्रति सभापति देउवाले सहानुभूति प्रकट गरेको उनले विज्ञप्तिमार्फत भनेका छन्।  

‘घटनामा परी निधन हुनु भएका सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथ शोकाकुल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ' विज्ञप्तिमा उल्लेख छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad