राजनीति


सभामुख र रास्वपा कार्यवाहक सभापतिबीचको छलफलमा के कुरा भयो?

सभामुख र रास्वपा कार्यवाहक सभापतिबीचको छलफलमा के कुरा भयो?

नेपालखबर
असार १, २०८२ आइतबार १२:७, काठमाडौँ

सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालसँग सदन सञ्चालनको विषयमा आज आइतबार छलफल भएको छ। 

भेटमा सभामुख घिमिरेले सदन सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको अर्यालले जानकारी दिए।
उनले नेपालखबरसँग भने, 'सभामुखले सदन सञ्चालनको वातावरण बनाउनुपर्‍यो त्यसका लागि सांसदहरूसँग सहजीकरण गर्नुपर्‍यो भन्नुभयो।'

जवाफमा आफूले छानबिन समिति गठन नै आफ्नो पार्टीको मुख्य माग रहेको बताएको जानकारी दिए। 

जवाफबारे उनले भने, 'मैले उहाँलाई छानबिन समिति गठन नभएसम्म सदनमा हाम्रो विरोध जारी रहन्छ भनेर जानकारी गराएँ।' 

घिमिरे र अर्यालबीच सभामुखकै कार्यकक्षमा छलफल भएको हो। त्यसअघि सभामुखले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad