खानेपानीमन्त्री एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट विनियोजन गरेको कुरा सत्य नरहेको बताएका छन्।
ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उनले मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन गर्यो भन्ने आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका हुन्।
उनले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले यसबारेमा विभिन्न भ्रम फिँजाएको भन्दै अहिलेको बजेट ऐतिहासिक रहेको दाबी गरे। अध्यक्ष यादव सधैँ आफूमात्रै मन्त्री बन्न खोजिरहने व्यक्ति भएको बताए।
मन्त्री यादवले भने, ‘आफू बिना मन्त्री कहिल्यै नरहने, जहिले पनि सरकारमा जाँदा आफू नै मन्त्री जाने, प्रस्ताव आउँदा प्रचण्डजीले त मलाई खोजिरहनुभएको छ, ओलीको सरकार हुँदा ओलीजीले मलाई खोज्नुभएछ, शेरबहादुर देउवाजीको सरकार हुँदा शेरबहादुर देउवाजीले मलाई खोज्नुभएछ। एउटै व्यक्ति होला उपेन्द्र यादव, अरु कोही नहोला।’
मन्त्री यादवले अध्यक्ष यादवले अहिलेको सरकारले ल्याएको बजेट, सिंचाइ, कृषि, व्यवसायी, युवा, उद्यमीहरु सबैलाई समेटेर ल्याएको दाबी गरे।
Shares

प्रतिक्रिया