राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीमा डा मुकुल ढकाल नै कायम रहेको पत्र सार्वजनिक भएको विषयमा निर्वाचन आयोगले नै जवाफ दिनुपर्ने बताएको छ।
आयोगले असार ४ गते ढकालले रास्वपाको अध्यावधिक विवरण मागे बमोजिम पत्र दिएको भन्दै उनी नै महामन्त्री रहेको उल्लेख गरेको थियो। यसबारे रास्वपाले खण्डन गर्दै आयोगसँग जवाफ माग गरेको हो।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले केन्द्रीय समितिको २०८१ असार २५ गतेको निर्णयअनुसार पार्टी फेरबदल भएको र अभिलेख अध्यावधिक गर्न आयोगलाई सोही वर्षको साउन १७ गते निवेदन पेस गरेको दाबी गरेका छन्।
निर्वाचन आयोगको अभिलेखमा रास्वपाको महामन्त्रीमा मुकुल ढकाल नै
'निवेदनको सम्बन्धमा निर्वाचनबाट हेरफेर भएको विवरणअनुसार काम गर्नु र निर्वाचन आयोगसमेतले सोही हेरफेर भएको विवरण अनुसार काम गर्नेछ भन्ने सूचनाहरू दिँदै आएको थियो,' झाले भने, 'पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकोले हालसम्म किन अध्याधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने देखिन्छ।'
Shares

प्रतिक्रिया