राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अध्ययन र छानविनका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समिति अस्वीकार गरेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पार्टी उपसभापति डा. स्वर्णीम वाग्लेले वाग्लेले शंकरदास वैरागी सत्ताको सधैँ प्रिय पात्र रहेको भन्दै आफैं अनुसन्धानको राडारमा रहेको रहस्यमय पात्र भएको टिप्पणी गरे।
‘उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ,’ उनले भने, ‘उहाँ स्वयं सक्षम निकायहरूको रडारमा हुनुहुन्छ। त्यस्तो व्यक्तिले कसरी छानबिन गर्ने? यहाँ गृहमन्त्री पनि सन्देहको घेरामा हुनुहुन्छ। बैरागीजीप्रति मेरो कुनै व्यक्तिगत आग्रह छैन। म राम्रोसँग चिन्दछु उहाँलाई तर उहाँ दश वर्षदेखि अस्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ। सात वर्ष परराष्ट्र सचिव बन्नुभयो। तीन वर्ष मुख्यसचिव बन्नुभयो। र उहाँको रहस्यमयी ढंगले मुख्यसचवबाट बहिर्गमन हुन्छ। त्यही बीचमा अर्बौंका टेलिकम घोटालाहरु भएका छन्। त्यसैले शंकदास बैरागी अहिलेका निगाहाप्राप्त नेताहरुको गुडबुक्समा रहनुपर्ने र स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ। उहाँ स्वयं सक्षम निकायहरुको राडारमा हुनुहुन्छ। त्यस्ता व्यक्तिले कसको छानविन गर्ने?’
वाग्लेले थपे, ‘यहाँ गृहमन्त्री स्वंय सन्देहको घेरामा हुनुहुन्छ। हाम्रो पार्टीले के निर्णय निकाल्यो भने गृहमन्त्रीको पनि भिजिट भिसा प्रकरणमा परोक्ष संलग्नता देखिसकेको छ। प्रत्यक्ष संरक्षण समेत देखिसकेको छ। अब गृहमन्त्रीले गर्वका साथ भन्नुभयो मेरै प्रस्तावमा यो कमिटी गठन गरेको भन्नुभयो। त्यसकारण यो गलत छ। हामी नयाँ हौँ बेकुफ होइनौँ भनेको त्यसैले हो।’
Shares

प्रतिक्रिया