नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले बजेटसँग सम्बन्धित विधेयकहरू सदनबाट पास नभईकन अर्थ समितिमा छलफल हुनु विधिसम्मत नभएको भन्दै आपत्ति जनाएका छन्।
बुधबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसद थापाले सुनचाँदीका गरगहना, ग्याविन वायर र आयुर्वेदिक औषधिमा मूल्य अभिवृद्धि कर (भ्याट)को विषयमा छलफल गर्नु अनुचित रहेको बताएका हुन्।
करका दरहरू प्रस्तावित भइसकेको उल्लेख गर्दै सांसद थापाले आर्थिक विधेयकमा संशोधनहरू माथि छलफलको निर्धारित कार्यसूची रहेकाले अहिले छलफल गर्न उचित नहुने बताए।
उनले वस्तुहरुमाथि लगाइएको कर लगानीकर्ता र उत्पादकहरुले नभई उपभोक्ताले तिर्ने भएको कारण उत्पादक कम्पनीहरूसँग छलफल गर्नुको सार्थकता नरहेको समेत बताए।
उनले भने, ‘बजेट बक्तव्यसँग सम्बन्धीत जुन विधेयकहरू दर्ता भएका छन्। ति विधेयक पारित हुनुभन्दा अगाडि अर्थ समितिको कार्यक्षेत्र भित्रको कुरा हो जस्तो मलाइ लाग्दैन। त्यही भएर यो छलफल उचित छैन।’
समिति बैठकमा बुधवार आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि कर तथा आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरुका सम्बन्धमा गरेको हो।
Shares

प्रतिक्रिया